सुन्नुहोस

Wednesday, May 6, 2009

प्रधानमन्त्री पुष्पकमल दाहालले भिडियो प्रकरणबारे पत्रकार सम्मेलनमा भने-
- हाम्रो सरकार बनेपछि नागरिक सर्वोच्चतालाई ठाडै चुनौती दिने काम भइरह्यो
- राष्ट्रपतिद्वारा द्वैध शासन स्थापित गर्ने काम भयो।
- तत्कालीन स्थितिमा संविधानसभाको चुनाव हुने हो कि होइन भन्ने चर्चा भइरहेका बेला मैले ती कुरा राखेकै हुँ
- संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन हाम्रो पार्टी क्रियाशील छ
- मैले त्यहाँ केन्द्रीय रेगुलर आर्मीको मात्र संख्या बताएको हुँ
- राष्ट्रपतिले चालेको कदम एक प्रकारले 'कु' नै हो
- कुनै पनि राजनीतिक पार्टीका कार्यकर्तालाई भौतिक कारबाही गर्ने पार्टीको नीति छैन, यो रोक्न र भएको भए कारबाही गर्न सम्बन्धित इन्चार्जलाई भनिसकेको छु
- हाम्रो पार्टीको नीति सदनबाहिर र भित्र शान्तिपूर्ण विरोध गर्ने मात्र हो, अरु कारबाही गर्ने छैन
- राष्ट्रपतिको गल्ती सच्चिनुपर्यो, सबै ठीक भएर जान्छ
- हामी भिडियो टेपबारे छानबिन गर्दैछौ‌


Nagarik News, काठमाडौं वैशाख २३
नेपाली कांग्रेसले मिडियामा सार्जजनिक भएको श्रव्यदृष्यमार्फत् माओवादी अध्यक्ष पुष्पकमल दाहालले वास्तविक लडाकु चार हजार मात्रै भएको खुलासा गरेकाले त्यसैका आधारमा सेना समायोजनमा पुनर्विचार हुनुपर्ने बताएको छ। पार्टी कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलनमार्फत् कांग्रेसले यस्तो धारणा सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले भने- माओवादीका अध्यक्षलेनै वास्तविक लडाकु ४ हजार भएको बताएकाले उहाँकै भनाईको आधारमा सेना समायोजनमा पुनर्विचार गर्नुपर्छ।
कांग्रेसले यसअघि माओवादीप्रति पार्टीले गरेको शंकाको पुष्टि भएको ठहरसमेत गरेको छ । 'टेपमार्फत माओवादीको खतरानाक उदेश्य र रणनीति सार्वजनिक भएको छ', महतले भने- 'भिडियो टेप सार्वजनिक भएपछि माओवादी सर्वसत्तावाद लाद्ने विषयमा कुनै द्विविधा रहेको छैन।
कांग्रेसले माओवादी लडाकुको तेस्रो डिभिजनको कार्यक्रममा कार्यकर्ताहरु माझ व्यक्त गरेको विचारले समग्र शान्ति प्रक्रियालाई समेत असर गर्नसक्ने शंका गरेको छ। महतले भने- 'माओवादीले रणनीतिकरुपमा होइन, साँच्चिकै लोकतन्त्र र शान्ति प्रक्रियामा आएको पुष्टि गर्न व्यवहारमा देखाउनुपर्छ, नत्र विश्वास गर्न सकिँदैन।
सरकारको नेतृत्व गर्दासमेत माओवादीले विद्रोही संस्कार नछाडेकोले मिडियामार्फत सार्वजनिक भएको टेपमा वबलिएका कुराहरु वास्तविकताको नजिक भएको कांग्रेसले निष्कर्ष निकालेको छ।
कांग्रेसले पार्टीमा आन्तरिक छलफल र सर्वदलीय बैठकमार्फत टेप प्रकरणको निष्कर्ष निकाल्ने बताएको छ । महतले भने- हामी सर्वदलीय स्तरमा र पार्टीका केन्द्रीय समितिमा छलफल गरेर माओवादीलाई हेर्ने दृष्टिकोण तयार गर्छौ।
महतले माओवादीले विगतका सम्झौतालाई अक्षरश कार्यान्वयन नगरेसम्म उनीहरुप्रति विश्वास गर्न नसकिने बताए।
कांग्रेसले रोल्पा र रामेछापमा कांग्रेसलगायत् अन्य दलका कार्यकर्तालाई माओवादीले गाउँ छोड्न दिएको धम्कीको घोर भर्त्सना गरेको छ । महतले भने- शान्ति सुरक्षाप्रति संवेदनशील हुन र यस्ता गैरकानुनी क्रियाकलाप तत्काल रोक्न हामी सरकारसँग माग गर्दछौ।




EINSTINE QUOTES

Daily get NEW Einstine Quote..Use It as the THINK OF THE DAY

Nepali Song On Demand.

Listen Nepali Song On Demand..
Have you found the song, u wanted to listen..if not JUST order..Write the Name of the song u want to listen in the Message Box in sidebar, And I will upload it in no time.

LYRICS.

Find Lyrics From Four Differents Top Sites JUST in one single Click.

PLAY HANGMAN

Hey kill ur boring time Playing HANGMAN..Just guess n complete the word..Its vert simple n easy...N even u dont feel how much time u have spent on this.

Tuesday, May 5, 2009

मंगलबार साँझ अज्ञात समूहले इमेज च्यानल घेराउ गरेको छ। च्यानलले माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता कब्जा र सैन्य रणनीति बारे बोलेको गोप्य भिडियो सार्वजनिक गरेको थियो। माओवादी अध्यक्ष एवमं 'जनमुक्ति सेना' तत्कालीन 'सुप्रिम कमान्डर' पुष्पकमल दाहालले २०६४ पुस १८ गते चितवन शक्तिखोरस्थित लडाकु शिविर पार्टीको आन्तरिक प्रशिक्षणमा बोलेको गोप्य भिडियो थियो त्यो।

राष्ट्रसंघीय निकाय अनमिनले माओवादी शिविरमा रहेका लडाकु मध्ये करिब २० हजारलाई सेना समायोजनका लागि प्रमाणित गरे पनि यो संख्या लडाकुको वास्तविक संख्या भन्दा तेब्बर बढी हो भनेर पुष्पकमल दाहालले यो भिडियोमा खुलासा गरेका छन्।
उनले भनेका थिए,"तपाई हामी कम्प्रोमाइज हुनुभन्दा अगाडि साँच्चै भन्यो भने त थोरै थियौं नि सात हजार आठ हजारको हारहारीमा पुगेका थियौं। हामीले ३५ हजार लगेर (शिविरमा) राखिदिएको २० हजारको हारहारीमा त आयो नि कम्तिमा। अरुलाई पो भन्न हुन्न त। यो हो नि साँचो कुरा त"।
उनले थपेका थिए,"हाम्रो लिडरसिपले वुद्धि पुर्‍याएर सात हजारलाई २१ हजार त बनायो रेगुलर आर्मी... फेरि हामी कहाँ घटेका छौं र बढेका पो छौं त। फेरि हामीले बाहिर वाइसीएल पनि त बनाएका छौं त्यो संरचना हामीले छोडेका छैनौं र त्यतातिर हजारौं थपिरहेका छौं।"
उनले आफ्नो वास्तविक लडाकुमात्र शिविरमा राखेको भए अनमिनले चार हजारको हारहारीका लडाकुमात्र समायोजनका लागि योग्य ठहर्‍याइदिने बताएका थिए।

Watch this Video

 

blogger templates | Make Money Online