सुन्नुहोस

Tuesday, May 5, 2009

मंगलबार साँझ अज्ञात समूहले इमेज च्यानल घेराउ गरेको छ। च्यानलले माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता कब्जा र सैन्य रणनीति बारे बोलेको गोप्य भिडियो सार्वजनिक गरेको थियो। माओवादी अध्यक्ष एवमं 'जनमुक्ति सेना' तत्कालीन 'सुप्रिम कमान्डर' पुष्पकमल दाहालले २०६४ पुस १८ गते चितवन शक्तिखोरस्थित लडाकु शिविर पार्टीको आन्तरिक प्रशिक्षणमा बोलेको गोप्य भिडियो थियो त्यो।

राष्ट्रसंघीय निकाय अनमिनले माओवादी शिविरमा रहेका लडाकु मध्ये करिब २० हजारलाई सेना समायोजनका लागि प्रमाणित गरे पनि यो संख्या लडाकुको वास्तविक संख्या भन्दा तेब्बर बढी हो भनेर पुष्पकमल दाहालले यो भिडियोमा खुलासा गरेका छन्।
उनले भनेका थिए,"तपाई हामी कम्प्रोमाइज हुनुभन्दा अगाडि साँच्चै भन्यो भने त थोरै थियौं नि सात हजार आठ हजारको हारहारीमा पुगेका थियौं। हामीले ३५ हजार लगेर (शिविरमा) राखिदिएको २० हजारको हारहारीमा त आयो नि कम्तिमा। अरुलाई पो भन्न हुन्न त। यो हो नि साँचो कुरा त"।
उनले थपेका थिए,"हाम्रो लिडरसिपले वुद्धि पुर्‍याएर सात हजारलाई २१ हजार त बनायो रेगुलर आर्मी... फेरि हामी कहाँ घटेका छौं र बढेका पो छौं त। फेरि हामीले बाहिर वाइसीएल पनि त बनाएका छौं त्यो संरचना हामीले छोडेका छैनौं र त्यतातिर हजारौं थपिरहेका छौं।"
उनले आफ्नो वास्तविक लडाकुमात्र शिविरमा राखेको भए अनमिनले चार हजारको हारहारीका लडाकुमात्र समायोजनका लागि योग्य ठहर्‍याइदिने बताएका थिए।

Watch this Video

2 Comments:

  1. Aakar said...
    same post...haha
    Anish Aaryan said...
    same parechha hehehe

Post a Comment



 

blogger templates | Make Money Online