सुन्नुहोस

Wednesday, May 6, 2009

Nagarik News, काठमाडौं वैशाख २३
नेपाली कांग्रेसले मिडियामा सार्जजनिक भएको श्रव्यदृष्यमार्फत् माओवादी अध्यक्ष पुष्पकमल दाहालले वास्तविक लडाकु चार हजार मात्रै भएको खुलासा गरेकाले त्यसैका आधारमा सेना समायोजनमा पुनर्विचार हुनुपर्ने बताएको छ। पार्टी कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलनमार्फत् कांग्रेसले यस्तो धारणा सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले भने- माओवादीका अध्यक्षलेनै वास्तविक लडाकु ४ हजार भएको बताएकाले उहाँकै भनाईको आधारमा सेना समायोजनमा पुनर्विचार गर्नुपर्छ।
कांग्रेसले यसअघि माओवादीप्रति पार्टीले गरेको शंकाको पुष्टि भएको ठहरसमेत गरेको छ । 'टेपमार्फत माओवादीको खतरानाक उदेश्य र रणनीति सार्वजनिक भएको छ', महतले भने- 'भिडियो टेप सार्वजनिक भएपछि माओवादी सर्वसत्तावाद लाद्ने विषयमा कुनै द्विविधा रहेको छैन।
कांग्रेसले माओवादी लडाकुको तेस्रो डिभिजनको कार्यक्रममा कार्यकर्ताहरु माझ व्यक्त गरेको विचारले समग्र शान्ति प्रक्रियालाई समेत असर गर्नसक्ने शंका गरेको छ। महतले भने- 'माओवादीले रणनीतिकरुपमा होइन, साँच्चिकै लोकतन्त्र र शान्ति प्रक्रियामा आएको पुष्टि गर्न व्यवहारमा देखाउनुपर्छ, नत्र विश्वास गर्न सकिँदैन।
सरकारको नेतृत्व गर्दासमेत माओवादीले विद्रोही संस्कार नछाडेकोले मिडियामार्फत सार्वजनिक भएको टेपमा वबलिएका कुराहरु वास्तविकताको नजिक भएको कांग्रेसले निष्कर्ष निकालेको छ।
कांग्रेसले पार्टीमा आन्तरिक छलफल र सर्वदलीय बैठकमार्फत टेप प्रकरणको निष्कर्ष निकाल्ने बताएको छ । महतले भने- हामी सर्वदलीय स्तरमा र पार्टीका केन्द्रीय समितिमा छलफल गरेर माओवादीलाई हेर्ने दृष्टिकोण तयार गर्छौ।
महतले माओवादीले विगतका सम्झौतालाई अक्षरश कार्यान्वयन नगरेसम्म उनीहरुप्रति विश्वास गर्न नसकिने बताए।
कांग्रेसले रोल्पा र रामेछापमा कांग्रेसलगायत् अन्य दलका कार्यकर्तालाई माओवादीले गाउँ छोड्न दिएको धम्कीको घोर भर्त्सना गरेको छ । महतले भने- शान्ति सुरक्षाप्रति संवेदनशील हुन र यस्ता गैरकानुनी क्रियाकलाप तत्काल रोक्न हामी सरकारसँग माग गर्दछौ।




0 Comments:

Post a Comment



 

blogger templates | Make Money Online